Monday, November 19, 2012

सम्बन्ध

सम्बन्ध

मैन बत्ति को शिखा
आफु बलि सार्थक बनाऊन
झरना को पानी
आफै झरी शोवा बडाउन
बलिरहने झरिरहने .......

नङ  र मासु को त के समन्ध
नङ त शोवा हो औलाको काम गर्दैन
औला को आस्तितो नङ ले डगमगौदैन
आपत को घडी मा नग ले मासु छाड्न डराउदैन

पानी बिना को झरना
पहरो कहलौछ
शिखा बिना बत्ति
फगत मैन कहलाउछ

तिमि भित्र रहेर जल्न देउ मलाई
तिमि मै लिन भएर झर्न देउ मलाई
शिखा मैनमा आफु बालेर ज्योति दिन्छ
पानि पहरोमा बगेर झरना बनैदिन्छ

तिम्रो जीवनमा  म, त्यो पनि बनेर आऊ
त्यो शिखा  भयेर बल्न पाउ
भलाही नदेखीयोस नङ र मासु को समन्ध
साधा बगिरहने त्यो हिम झरना बनेर जाऊ

तिमि त्यो पहरा भयेर आयौ
म पानि लाई झरना  बनायेI
त्यो मैन हौ
जसले म धागो लाई सिखा बनाये

यो अनन्त मायाको बन्धन
नटुटने बाचामा बाधीदेउ मलाई
तिम्रो प्रेम माया को मालामा
फुल बनाइँ गासि देउ मलाई

हे इश एक बाचा मैले तोड्न नपरोस
मेरी मायालुको साथ छोड्न नपरोस
तिम्रै खुसि को लागि जल्न सकु
तिम्रो मायामा  रम्न सकु





No comments:

Post a Comment