अस्त बेस्त जीवन
कता - कता अन्तस्करणमा तिम्रो खोजाई
हरायकी तिमि , तिम्रो सुखानुभूतिको कामना
मन अस्थिर , मस्तिस्क स्थिर बनाऊने संघर्समा
समाजमा बद्धेता जनाउनु-गराउनु उपस्थितिको,
अनुभूति हरायको मन कतै तिमीसंग छुटे जस्तो
कतै सोधी हालौ कि तिमीलाई ?
अतिबाद - देखावोटी पन को संज्ञा त पौने हैन?
यो कोलाहल सारै फिक्का,
जाबो मन लाई हाराऊन नसक्ने
मात्र आलमलाई रहेछ , भुल्लाऊन सकेन
बेर्थको भयो यो जमात , तिम्रो आनुस्पथिति मेटाउन सकेन
यथार्थको धरातल छोड्न,
सप्निल संसार सजौदै तान्द्रा मा रहन
तिमीलाई सम्झी, वोरीपरि को संसार बिर्सिने
नगरौ मनोबादका कल्पना
तारा हुदैँ दारा गन्ने
छाती चिरी हनुमान बन्ने
नभयका रहर बिना बिज ऊमारने
यी त सब त्यो बडाघरे गोरेका खुबी होलान
मान- नमान, तिमीलाई नसंझिने म होइन
माया गर्छु भन्नु बाहेक , बडाघरेको खुबी छैन
निस्वर्थ माया गर्देउ , संसार मा समाल्ने छु
एक गल्ति माफदि भरोसा गर , जिन्दगि धोका दिने छैन
No comments:
Post a Comment